दफा १२
रजिष्ट्रेशन वा दाखिल खारेज गरिदिनुपर्ने
(१) सुरक्षणमा रहेको सम्पत्ति दफा ११ बमोजिम लिलाम बिक्री गर्दा कसैले लिलाम सकारेमा त्यस्तो व्यक्तिको नाममा र कसैले पनि लिलाम सकार नगरी संस्थाले सकार गरेकोमा संस्थाको नाममा सो जायजेथा प्रचलित कानून बमोजिम रजिष्ट्रेशन वा दाखिल खारेज गरिदिनको लागि संस्थाले सम्बन्धित मालपोत कार्यालयमा लेखी पठाउनेछ ।
(२) उपदफा (१) बमोजिम संस्थाबाट लेखी आएमा सम्बन्धित मालपोत कार्यालयले रजिष्ट्रेशन वा दाखिल खारेज गरी दिनुपर्नेछ ।